ताजा सूचना
बेरोजगार दर्ताको निवेदन दिने सम्बन्धी सूचना !
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को च.नं. १७५, मिति २०७७/३/३० को पत्रानुसार आर्थिक बर्ष २०७७/७८ मा सञ्चालन गर्नको लागि रोजगार मुलक आयोजना भित्र यस म्यागङ गाउँपालिका अन्तर्गत पर्ने सबै वडाका बेरोजगार व्यक्तिहरुले आ-आफ्नो वडा कार्यालयमा यही मिति २०७७ भाद्र ७ गते भित्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को अनुसूची १ बमोजिमको ढाँचामा बेरोजगार व्यक्तिहरुले सम्बन्धित वडामा निशूल्क निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।