मनसुनजन्य विपद् जोखिमको पूर्व तयारीको लागि यस गाउँपालिका अन्तर्गतका प्रहरी चौकीहरुलाई आधारभूत सामाग्रीहरु वितरण गरिएको छ।
ताजा सूचना
ग्यालरी
म्यागङ गाउँपालिकाको आयोजना र जुपिटर नेपाल मल्टिपर्पोज प्रा.लि., काठमाडौँको सहजीकरणमा गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास एवंम् उत्प्रेरणा कार्यक्रम संचालन गरिएको छ।
म्यागङ गाउँपालिकाको अध्यक्ष श्री आशा तामाङ ज्यूको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य माननीय रमेश कुमार महतज्यूको प्रमुख आतिथ्यतामा यस म्यागङ गाउँपालिकालाई अनिवार्य तथा निशूल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा कार्यक्रम सु-सम्पन्न गरियो।
म्यागङ गाउँपालिका- गाउँसभाको १६ औँ अधिवेशन भव्यताका साथ सुसम्पन्न गरिएको छ। यस १६ औँ अधिवेशनको अवसरमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि बार्षिक बजेट रु. ४४,४६,११,०३३/- विनियोजन गरिएको छ र नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐनको प्रस्तुती गरिएको छ।
यस गाउँपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका श्री विनोद कुमार अधिकारीज्यू सरलाई स्वागत सँगै परिचयत्मक तथा कार्यालयको गतिविधि एवंम सुशासन कायम सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरियो।
म्यागङ गाउँपालिका गाउँ सभाको १४औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरियो।
बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थ मन्त्री माननीय श्री बहादुर सिंह लामाज्यूको विशेष पहल तथा गाउँपालिकाका श्रीमान अध्यक्षज्यू लगायत पदाधिकारीज्यूहरुको अनुरोध एवंम् सक्रियतामा म्यागङ गाउँपालिका वडा नं. ३ स्थित श्री देउराली प्राथमिक स्वास्थ्य केन्द्रको लागि नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरुप सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त गर्न सफल भएकोमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभवहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ। साथै यसबाट म्यागङबसीहरुको स्वास्थ्य सेवालाई सहज तथा गुणस्तरीय हुनेमा गाउँपालिका विश्ववता रहेको छ ।
व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीको लागि घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता गरौँ/गराऔँ।
यस गाउँपालिकाको आयोजना तथा Dental Volunteers, Germany को प्राविधिक सहयोगमा गा.पा. अन्तर्गत नि:शूल्क दाँत उपचारको शिविर संचालन क्रममा आज म्यागङ गा.पा. वडा नं. ३ स्थित श्री देउराली प्राथमिक स्वास्थ्य केन्द्रको दृश्य।
यस गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष प्याकेज (CNSI) सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सु-सम्पन्न गरियो। साथै एकअर्कामा रङ्ग लगाई होलीको शुभकामना आदनप्रदान गरियो।
मिति: २०७९ फाल्गुन २१