म्यागङ गाउँपालिकाको अध्यक्ष श्री आशा तामाङ ज्यूको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य माननीय रमेश कुमार महतज्यूको प्रमुख आतिथ्यतामा यस म्यागङ गाउँपालिकालाई अनिवार्य तथा निशूल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा कार्यक्रम सु-सम्पन्न गरियो।
म्यागङ गाउँपालिका- गाउँसभाको १६ औँ अधिवेशन भव्यताका साथ सुसम्पन्न गरिएको छ। यस १६ औँ अधिवेशनको अवसरमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि बार्षिक बजेट रु. ४४,४६,११,०३३/- विनियोजन गरिएको छ र नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐनको प्रस्तुती गरिएको छ।