ताजा सूचना
सामाजिक सुरक्षा भत्ता आ.ब. २०७६/०७७ प्रथम निकासा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. २०७६/०७७ प्रथम किस्ता बैङ्कमा निकासा भएको व्यहाेरा जनकारी गराउँदै सम्बन्धित बैङ्कमा सम्पर्क राखी सामाजिक सुरक्षा भत्ता वापतको रकम प्राप्त गर्न याे सूचना प्रकाशित गरिएको छ ।
१. म्यागङ गा.पा. वडा न. १, २, ३ र ४ – श्री ज्याेति विकास बैङ्क, देउराली शाखा, नुवाकोट ।
२. म्यागङ गा.पा. वडा न. ५ र ६ – श्री ज्याेति विकास बैङ्क, सामरी शाखा, नुवाकोट ।