FAQs Complain Problems

ग्यालरी

यस म्यागङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मृदुभाषी, मिलनसार र सालिन व्यक्तित्व श्री प्रमोद तिमल्सिना ज्यू हरिहरपुरगढी गाउँपालिका, सिन्धुली सरुवा हुनु भएकोमा यस गाउँपालिकाको जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा सम्पूर्ण गाउँपालिका परिवार उहाँको कार्यकुशलता, समन्वयकारी भूमिका प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालको सफलता र व्यक्तित्व विकासको उत्तरोउत्तर प्रगतिको कामना गर्दछौँ ।

मिति: 2020/08/20 - 16:28
सरुवा हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री प्रमोद तिमल्सिना , , , , , , , , , , , , , , , , , , ,

"एक घर दुई बिरुवा रोपौ" भन्नी अभियानको साथ यस म्यागङ गाउँपालिका वडा नं. ३ का कृषकहरुको लागि कागती विरुवा वितरण कार्य र थोपा सिँचाई वितरण कार्य गाउँपालिका प्रमुख आशा तामाङ, उप-प्रमुख शान्ति लामा गुरुङ र वडा प्रतिनिधिहरुको उपस्थितिमा बितरण गरियो । यस अघि सामरी र बुङताङमा उक्त वितरण कार्य भैसकेको जानकारी गराउदछौँ ।
स्थान: कृषि तथा पशु सेवा शाखा, देउराली, नुवाकोट ।
मिति: २०७७ असार १५, समय: ३: ३० बजे

मिति: 2020/07/02 - 16:13
, , , , , , , , , , , , ,

गाउँ सभामा आगामी आर्थिक बर्ष २०७७/७८ नीति तथा कार्यक्रम र बजेट पेश गरी सर्वसम्मतबाट पारित भएको व्यहोरा जानकारी गराइन्छ ।
मिति: २०७७/०३/१०

मिति: 2020/07/02 - 16:08
, , , , , , , , ,

~ म्यागङ- ३, देउराली माने देखि ओख्रेनी जोड्ने सडकको स्तरवृद्धि पछिको दृश्य ।

मिति: 2020/06/07 - 14:13
, , ,

आ.ब. २०७६/०७७ को लागि गाउँपालिकाबाट आह्वान गरिएको Construction of Bungtang thulo gau nali tatha dhal byabasthanpan myagang-2 योजना कार्यको लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री प्रमोद तिमल्सिना, ईन्जिनियर श्री सुशन बस्तोला र अ.स.ईन्जिनियर श्री रमान सिंह को टिमद्धारा अनुगमन गरिएको क्लिक ।

मिति: 2020/05/25 - 13:19
, , , , , म्यागङ -२, बुङताङ

म्यागङ गा.पा. वडा नं. १, बर्सन्चेतमा आ.ब. २०७६/०७७ दोश्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम, वडा अध्यक्ष (वडा नं. १), ज्योति विकास बैङ्क (देउराली शाखा) र गा.पा. पञ्जिकरण विभागको संयुक्त सहकार्यमा सुरक्षा वापत् पाउने रकम वितरण गरियो । साथै घर-दैलौ कार्यक्रमबाट रकम पाउन छुट्नु भएका अथवा गाउँ भन्दा बाहिर बस्दै आउनुभएका म्यागङ गाउँपालिका अन्तरगतका लाभग्राहीहरुले सम्बन्धित बैङ्कको शाखा कार्यालयबाट आगामी दिनहरुमा आफ्नो रकम पाउन सकिने व्यहोरा अनुरोध छ ।

मिति: 2020/05/25 - 13:10
, , , , ,

विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको लकडाउन घोषणको कारण आ.ब. २०७६/०७७ दोश्रो चौमासिक, सामाजिक सुरक्षा भत्ता बैङ्कि प्रणालीबाट प्रत्यक्ष रुपमा वितरण गर्न नसकिएको कारण लाभग्राहीहरुको सुविधाको लागि गा.पा. अध्यक्ष श्री आशा तामाङज्यूको नेतृत्वमा ज्योति विकास बैङ्क र गा.पा. पञ्जीकरण विभागको संयुक्त सहकार्यमा सा.सु.भ. वापत् पाउने रकम घर दैलोमा पुगी वितरण गर्ने कार्य सुरु गरियो । सा.सु.भ. लाभग्राहीहरुले आफ्नो सुरक्षा वापत् को रकम आफ्नो घर दैलोबाट नै प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराँउदछौँ ।

मिति: 2020/05/25 - 12:59
, , , , ,

म्यागङ गा.पा., नुवाकोट- संघीय सासंद माननीय श्री बहादुर सिं लामा र पासाङ ल्हामु बस सेवा समिति, नुवाकोटका कोषाध्यक्ष श्री धन बहादुर गुरुङको विशेष सहयोगमा काठमाण्डौँ उपत्यका लागायत अन्य ठाउँमा विभिन्न पेशा, व्यवसाय, ज्याला, मजदुरी र अध्ययनको सिलसिलमा बस्दै आउनुभएका म्यागङ बासीहरु विश्व्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको लकडाउन घोषणको कारण अलपत्र अवस्थामा रहेको हुँदा उद्धारको निमित्ता नि:शूल्क १ सुमो र ७ डिलक्स बस मिति २०७७ बैशाख ११ गते साँझ काठमाण्डौँ पठाई बैशाख १२ बिहान यस गा.पा.

मिति: 2020/05/25 - 12:46
, , ,

यस म्यागङ गाउँपालिका अन्तरगत भारत तथा अन्य विदेशबाट आइ क्वारेनटाईनमा बसी आउनुभएका व्यक्तिहरुको Rapid test kit बाट (कोभिड-१९) कोरोनाको सफल परिक्षण गरियो साथै सबै परिक्षण नेगेटिभ आएको जानकारी समेत गराँउदछौँ ।

परिक्षण स्थान: देउराली प्राथामिक स्वास्थ्य केन्द्र

मिति: 2020/05/25 - 09:01
, , , , देउराली प्राथमिक स्वास्थ्य केन्द्र, म्यागङ- ३

कोरोना भाइरस (COVID-19) रोकथम तथा नियन्त्तणको लागि भेक्सिन छर्ने कार्यक्रमको निरन्तरता... ॥ सामरी बजार- पोखरी- मैबोल- फलाटे- भर्याङभुरुङ- जोरचौतरा- कल्लाबारी॥

मिति: 2020/05/25 - 08:56
, , , , , , , , , , , , , , ,

Pages