प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. २०७६/०७७ प्रथम किस्ता बैङ्कमा निकासा भएको व्यहाेरा जनकारी गराउँदै सम्बन्धित बैङ्कमा सम्पर्क राखी सामाजिक सुरक्षा भत्ता वापतको रकम प्राप्त गर्न याे सूचना प्रकाशित गरिएको छ ।
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकामा रहेको स्वास्थ्य कर्मचारीहरुको पदपूर्तिको लागि लिएको अन्तरवार्ता मिति २०७६/०५/२२ मा छनौट हुनु भएका देहाय बमोजिमका कर्मचारीहरुको नतिजा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका भरी नै कार्यरत/दर्ता भएका र दर्ता गर्नुपर्ने सम्पूर्ण कृषक समूहहरुलाई गाउँपालिका कृषि पशु शाखा देउरालीमा उपस्थित भई आफ्नो समूहको गतिविधिहरु सहित दर्ता/अभिलेख गर्नको लागि सम्बन्धित सबैकाे लागि यो सूचना जारी गरिन्छ ।